गणेश मन्दिरमा १ वर्षे सरसफाई अभियान सूरु

हरिवन – सासापुर स्थित गणेश मन्दिर परिसरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्ने उद्देश्यले १ वर्षे सरसफाई अभियान सूरु भएकाे छ ।

शनिबार बिहान मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेर १ वर्षे सरसफाई अभियान सुरु गरिएकाे हाे । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथाेकी, वडाध्यक्ष केशव थापा, प्रस्तावित हरिवन सिटी जेसिजका अध्यक्ष विनाेद महत, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, समाजसेवीहरु, युवाहरु लगायतकाे सहभागिता रहेकाे थियाे । शनिबार मन्दिर परिसरमा वृक्षाराेपण समेत गरिएकाे छ ।

वडाध्यक्ष थापाले नगरपालिका, वडा कार्यालय, हरिवन सिटी जेसिज (प्रस्तावित), चापिनी युवा क्लब लगायतकाे सहकार्यमा गणेश मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न नि-स्वार्थ जनश्रमदान एवं सरसफाई अभियान सूरु गरिएकाे जानकारी दिए ।