अमरेशले गरे विद्यालय भवनको उद्घाटन

विद्यालय भवनको उद्घाटन गर्दै संघीय सांसद् डा. अमरेश कुमार सिंह लगायत । (तस्बीर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा शुक्रबार ६ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

सर्लाही क्षेत्र नं. ४ का संघीय सांसद डा. अमरेश कुमार सिंहले भर्खरै निर्माण सम्पन्न भएको विद्यालय भवनको उद्घाटन गरेका हुन् । सांसद सिंहकै संसदीय कोषबाट ४५ लाख र बरहथवा नगरपालिकाबाट प्राप्त १० लाख रुपैयाँ गरी ५५ लाखको लागतमा दुई तलाको ६ कोठे भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।
नयाँ भवन निर्माण भएपछि विद्यालयलाई पठनपाठनमा थप सहजता भएको छ ।