हरिवनमा गाडीको ठक्करबाट युवकको मृत्यु

सांकेतिक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवनमा बिहीबार राती गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका ११ कडरिया चोकमा नम्वर नखुलेको गाडीले ठक्कर दिँदा सोही ठाउँका २४ वर्षीय जयबहादुर वि.क. को ज्यान गएको हो । वि.क. लाई राती ११ बजेतिर गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

युवकलाई दुर्घटना लगत्तै घटनास्थलबाट उपचारका लागि तत्कालै नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक वि.क.को शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

हरिवन प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी विजय यादवले बताएका छन् ।