उद्योग वाणिज्य संघ लालबन्दी : अध्यक्षमा दुईको उम्मेदवारी, अन्यमा सर्वसम्मत

अध्यक्षका उम्मेदवार बलम्पाकी र श्रेष्ठ ।

लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा दीपेन्द्र कुमार बलम्पाकी र पञ्चलाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन तालिका अनुसार बिहीबार उम्मेदवारी दर्ताको समय छुट्याइएको थियो ।

अध्यक्षमा उम्मेदवारी दिएका बलम्पाकी निवर्तमान कार्य समितिमा महासचिव हुन् । बलराम्पाकीले लालबन्दीमा यूनाईटेड होटल संचालन गर्दै आएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले भने लालबन्दी बजारमा फेन्सी पसल संचालन गर्दै आएका छन् । अध्यक्ष बाहेक अन्य पदहरुमा भने सर्वसम्मत भएको छ ।

जसअनुसार प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई, द्धितीय उपाध्यक्षमा प्रदीप भट्टराई र तृतीय उपाध्यक्षमा महेश कुमार महतो चयन भएका छन् । त्यस्तै, महासचिवमा रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा कमला कुमारी थापा, केशव बहादुर दाहाल, सुधिर कुमार गुप्ता, गोपाल साह, नवलकिशोर यादव, ध्रुव विश्वकर्मा, दिनेश पाठक, विदेश्वर कुमार सिंह, भेषनाथ दाहाल, सुदर्शन आचार्य, नागेन्द्र साह र अनुकुमारी श्रेष्ठ चयन भएका छन् । उम्मेदवारी फिर्ताका लागि छुट्याइएको असार १८ गते बिहान १० बजेदेखि १९ गते अपरान्ह ४ बजेसम्म दुई अध्यक्षमध्ये एक जनाको उम्मेदवारी फिर्ता नभए मतदानमार्फत टुंग्याइने छ ।

निर्वाचन समितिले असार २५ गतेका लागि मतदानको मिति तोकिसकेको छ । उद्योग वाणिज्य संघ लालबन्दीको ८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको असार १२ गते नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।