टंकनाथ–योगमाया पुरस्कारबाट दुई विद्यार्थी पुरस्कृत

हरिवन – सर्लाहीको हरिवनमा शुक्रबार टंकनाथ–योगमाया स्मृति पुरस्कार प्रतिष्ठानले दुई जना छात्रछात्रालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीबाट प्लस टूमा उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा छात्रतर्फ नारायण वि.क. र छात्रातर्फ नाजरिन समा रहेका छन् ।

उनीहरुलाई जनही ५ हजार ५ रुपैयाँ नगद र प्रमाण–पत्रसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानका अध्यक्ष केदार प्रसाद भट्टराईको अध्यक्षता तथा टेकबहादुर राउतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृष्ण प्रसाद भट्टराई, भरतकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।

मुना दाहालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन बद्री स्याङतानले गरेका थिए ।