हरिवन कार्यपालिका बैठककाे ´फेसबुक लाईभ` गरियाे

बुधबार बसेकाे हरिवन नगर कार्यपालिका बैठक ।

हरिवन – सर्लाहीको हरिवन नगरकार्यपालिकाकाे बैठक पनि फेसबुकबाट लाईभ गरिएको छ । बुधबार बसेकाे कार्यपालिकाकाे पहिलाे बैठककाे फेसबुकबाट लाईभ गरिएकाे हाे ।

नगर प्रमुख रमेश कुमार बुढाथोकीको कार्यकक्षमा बसेको पहिलो कार्यपालिका बैठकको नगरपालिकाकै आधिकारिक फेसबुक पेज ´हेल्लो हरिवन नगरपालिका` नामको पेजबाट लाईभ अर्थात् प्रत्यक्ष देखाइएको छ ।  बैठकमा केही जनप्रतिनिधिहरुले नगरपालिका र वडाहरुबीच समन्वय गरी नगरपालिका आफैले टेलिभिजन नै संचालन गरी कार्यपालिकाको बैठकमा भएको छलफल र त्यहाँबाट हुने निर्णय आम नगरवासीले प्रत्यक्षरुपमा देख्न पाउने वातावरण मिलाउन माग गरेका छन् । वैशाख ३० को निर्वाचन र कार्यपालिका गठनपछि बसेको पहिलो बैठकमा समग्र नगरभित्रका समस्या र वर्तमान अवस्थाबारे छलफल भएको बुझिएको छ ।

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिकाकाे बैठकहरु विभिन्न मिडयाबाट लाईभ गर्ने निर्णय सँगै देशव्यापी कार्यपालिका बैठकहरु स्थानीय संचार साधन अनुसार लाईभ प्रशारण गर्न थालेका छन् ।