फुल अनुसार फल नलाग्दा आँप किसान परे जिल्ल, लाखाैंकाे आँप हुरीले उडायाे

हरिवन – फागुन/चैतमा लटरम्म फुलले ढाकेकाे आँपकाे बाेट देख्दा हरिवन नगरपालिका-२, अत्राैलिका किसान कपिल उप्रेती दंग परेका थिए । उनकाे करिब ३ बिगहामा राेपिएका हरेक आँपका बाेट फुलेर सेताम्मे बनेकाे थियाे । उतिखेरै फुल देखेर व्यापारिले उप्रेतीलाई सबै आँपकाे बाेटकाे ´हुण्डामुण्डा` ७ लाख रूपैंया लगाईदिए । तर उनले ९ लाख भन्दा कममा नदिने भन्दै पटक-पटक व्यापारिहरुलाई फर्काईदिए ।

उनै उप्रेती अहिले ती सबै बाेटकाे ´हुण्डामुण्डा` ७० हजार रूपैंया मात्र दिएपनि हुन्थ्याे भनेर याचना गरिरहेका छन् । फूल लागेकाे बेला ७ लाख दिएका व्यापारीहरु अहिले फल लाग्दासम्म ३ बिगहामा उप्रेतीले लगाएकाे आँपकाे बाेटलाई ७० हजार रूपैंया पनि दिन मानिरहेका छैनन् । ´उतिखेर रुखमा लागेकाे फुल देखेर व्यापारीलाई टेरेकाे नटेर्यै गरियाे, अहिले फल देखेर व्यापारीहरु वेवास्ता गर्छन्`, उप्रेतीले गुनासाे गरे, ´फुल अनुसार फल नलाग्दा झण्डै ७ लाख गुम्याे ।`

हाे यसपटक फुल लटरम्मै लागेपनि अधिकांश किसानकाे आँपकाे बाेटमा फल भने साेचे अनुसार लागेकाे छैन । फुल लाग्दा निकै मख्ख परेका किसान दाना भने निकै कम मात्र अडिएपछि जिल्ल परेका छन् ।

कतिपय आँपका बाेटमा वर्ष बिराएर फल अत्यन्त कम लाग्ने र हुरी बतासले समेत फुल तथा फल झार्ने गर्दापनि कुनै-कुनै वर्ष साेचेभन्दा निकै कम आँप फल्ने गरेकाे विज्ञहरु बताउँछन् ।

सर्लाहीमा ईश्वरपुर, हरिवन र डुमरियामा किसानहरुले व्यबसायिक ढंगले तथा अनय क्षेत्रमा पनि फाटफुट आँप खेती भईरहेकाे कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख कमलदेव कुशवाहाले जानकारी दिए । उनले सर्लाहीमा ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा आँप खेती हुने बताए । त्यस्तै उष्ण प्रदेशीय बागवानी केन्द्र लालबन्दीमा ७५ हेक्टर क्षेत्रफलमा आँप खेती भईरहेकाे छ । बागवानीमा पनि यसवर्ष अत्यन्त कम फल लागेकाे अधिकृत रामकुमार यादवले जानकारी दिए । ´याे वर्ष कम फल लाग्ने सिजन थियाे`, उनले भने, ´गत वर्षभन्दा याे पटक निकै कम फल लागेकाे छ ।`