करेसा बारीमा लगाइएको विधुतीय करेन्ट तारमा परेर मृत्यु

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा टाँसिएको विष्णु गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो १ बजेतिर विष्णु गाउँपालिका वडा नं. ६ सिमरा बस्ने लालबाबु महतो कुशवाहाले आफ्नो करेसा बारीमा लगाएको विद्युतीय करेन्ट तारमा परेर सोही ठाउँका ३६ वर्षीय शैलेन्द्र रामको घटनास्थलमै मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

प्रहरीले विद्युतीय करेन्ट तार लगाउने ४५ वर्षीय लालबाबुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । करेसा–बारीमा किन विद्युतीय करेन्ट तार लगाइएको थियो ? भन्ने खुल्न सकेको छैन् ।

जंगली वन्यजन्तुबाट बाली जोगाउन त्यरी विद्युतीय धराप थापिएको हुनसक्ने आशंका गरिएको छ । सर्लाहीमा यसरी खेतबारीमा लगाइने विद्युतीय धरापमा परेर दुःखद घटनाहरु हुने गरेका छन् ।