हरिवनकाे मेयरमा माओवादीका बुढाथाेकी र उपमेयरमा एमालेकी घलान विजयी

हरिवन – हरिवनकाे नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथाेकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

मतगणनाका क्रममा अन्तिम समयसम्म अत्यन्त प्रतिष्पर्धा देखिएकाे हरिवनकाे मेयरमा बुढाथाेकीले निवर्तमान मेयर नेकपा एमालेका गणेश प्रसाद प्रसाईंलाई १५३ मतले पराजित गर्न सफल भए । ७ हजार २ मत सहित बुढाथाेकी विजयी हुँदा प्रसाईंले ६ हजार ८४९ मत पाएका छन् । आफ्नाे पार्टीका १ जनापनि वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादीका बुढाथाेकी मेयरमा बाजि मार्न सफल भए । उनी २०७४ सालकाे स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित भएका थिए । याे सहित माओवादीले सर्लाहीका ४ पालिकामा प्रमुख हात पारेकाे छ ।

त्यस्तै उपमेयरतर्फ एमालेकी घलान ६ हजार ८५५ मत सहित विजयी भईन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकी पद्मा माेक्तानले ५ हजार ३२१ मत ल्याईन् । वडा नम्बर १, २, ४ र ९ काे वडाध्यक्ष कांग्रेस, ३, ७, ८, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेकाे छ ।

(नाेट : यसअघि भूलबस त्रुटि भएकाले पुन: सम्पादन गरिएकाे छ ।)