प्रेमज्योति आधारभूत विद्यालयद्वारा वडाका जनप्रतिनिधिलाई स्वागत

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, मा रहेको प्रेमज्योति आधारभूत विद्यालयले बिहीबार वडाभित्र निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित वडाध्यक्ष लालबहादुर योन्जन, वडा सदस्यहरु इन्दु पौडेल, मिथिला बराईली, पुरुषोत्तम पोखरेल र दिलबहादुर राना मगरलाई स्वागत गरिएको हो । सोही कार्यक्रममा विद्यालयबाट २०७८ सालको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्यले जानकारी दिए ।

त्यस्तै, विद्यालय पहिलो हुने कक्षा १ का कृष्ण बैठालाई शिल्ड प्रदान गरी पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । विद्यालयकी शिक्षिका सुस्मिता चौलागाईंको संचालन रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवत अधिकारीले गरेका थिए ।