बागमती नगरपालिकाकाे मेयरमा थापा र उपमेयरमा माेक्तान पुन: विजयी

पुन: बागमतीकाे मेयर र उपमेयरमा निर्वाचित भरत कुमार थापा र लिला कुमारी माेक्तान ।

बागमती – सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका भरतकुमार थापा र लिला कुमारी माेक्तान निर्वाचित भएका छन् ।

थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । ११ हजार ३५७ मत सहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टंकबहादुर बस्नेत (गोकुल) ले सात हजार ३६८ मत मात्रै पाए ।

त्यस्तै, १० हजार ८७९ मत सहित मोक्तान पनि दाेस्राे पटक उपमेयरमा निर्वाचित भईन् । निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले सात हजार ७०५ मत मात्र पाईन् ।

याे सहित माओवादीले सर्लाहीका तीनवटा पालिकामा जित निकालेको छ । यसअघि बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुख विजयी भएका थिए ।