सर्लाहीको ईश्वरपुरमा १२ वर्षीया बालिका ओछ्यानमै मृत भेटिइन्

प्रतिकात्मक तस्बीर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा शनिबार अपरान्ह एक बालिका सुतेकै ठाउँमा मृत फेला परेकी छन् ।

स्थानीय गोविन्द मण्डलकी छोरी वर्ष १२ की करिना कुमारी मण्डल आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन् । शनिबार अपरान्ह ४ बजेतिर ओछ्यानमा सुतिरहेकै ठाउँमा करिनालाई मृत फेला पारेपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

बालिकाको मृत्युको कारण खुलिसकेको छैन् । इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक रोशन थापाले बालिकको मृत्युबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण हुल्ने प्रहरी निरीक्षक थापाले बताए ।