ईश्वरपुरमा पनि मतगणना सुरु

लालबन्दीमा जारी मतगणना । तस्बिर : उज्यालोे अभियान)

बयलवास – जिल्लाको ईश्वरपुर नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

नगरपालिकाको बयलवासस्थित कार्यालयको माथिल्लो तलामा रहेको हलमा अहिले मतपेटिकाबाट मतपत्र खन्याएर गणनाको काम थालिएको छ ।

ईश्वरपुरमा एमालेबाट निवर्तमान मेयर मनोज कुमार देवकोटा, कांग्रेसबाट मनोज कुमार आचार्य र माओवादी केन्द्रबाट जयप्रकाश चौधरी, लोसपाबाट नागेश्वर महतो, जसपाबाट जोगनारायण चौधरी, चुनावी मैदानमा छन् । यि ५ पार्टी नै यहाँका मुख्य प्रतिस्पर्धी हुन् ।