लालबन्दीमा किरियापुत्रीले पनि गरे मतदान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा किरियापुत्रीहरुले पनि मतदान गरेका छन् ।

बुवाको निधनपछि किरियापुत्री बसिरहेका स्थानीय कुमार गिरी, दशरथ गिरीलगायतका छोरा तथा बुहारीहरुले घर नजिकैको जनज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । किरियापुत्रीहरुका बुवा दुर्गाबहादुर गिरीको बिहीबार दिउँसो मात्रै निधन भएको थियो ।

यस्तै, जिल्लामा किरियापुत्रीसँगै पाका उमेरका वृद्धवृद्धा, गर्भवती, अपाङ्गता भएका व्यक्तिहरुले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर ५ वर्षे कार्यकालका लागि चुनिने जनप्रतिनिधिहरुलाई मतदान गरेका छन् ।