हरिवनमा ट्यांकरले ठक्कर दिँदा थापाको मृत्यु

मृतक राम बहादुर थापा ।

हरिवन – ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका एकजनाको सोमबार दिउँसो मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. ३ ०३–००१–ख–०१४५ नम्बरको ट्यांकरले हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिँदा हरिवन नगरपालिका–४, पटौना निवासी रामबहादुर थापाको मृत्यु भएको हो । सोमबार बिहान साँढे १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका थापाको काठमाडौंमा उपचार गर्दागर्दै दिउँसो पौने ५ बजे मृत्यु भएको खबर आएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतक थापा गैर सरकारी क्षेत्रमा क्रियाशिल थिए ।

ठक्कर दिने ट्यांकर नियन्त्रणमा लिईएको र चालक भने फरार रहेको प्रहरीले जनायो ।