सशस्त्र प्रहरीद्वारा सुनका सामग्री सहित अंसारी पक्राउ

सुनका सामग्री सहित पक्राउ परेका मिसरान अन्सारी । (तस्बिर स्राेत : सशस्त्र प्रहरी बल)

मलंगवा – सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट मलंगवाकाे टाेलीले सुनका सामग्री र दाना सहित शुक्रबार दिउँसाे एकजनालाई नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी निरीक्षक उमेश कार्की कमाण्डकाे बीओपीकाे टाेलीले दिउँसो १ बजे मलंगवा टावर चोक अगाडि ना. २३ प ४४२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १५३.६५ ग्राम अर्थात जर्ती कटाएर १३ ताेला १७३ लाल सुनका विभिन्न सामग्री सहित लालबन्दी नगरपालिका-४ निवासी मिसरान अन्सारीलाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए । आवश्यक कागजात नभएकाले बरामद् सुन र मोटरसाइकलको १३ लाख ९७ हजार ५४१ रुपैंया मुल्यांकन सहित पक्राउ परेका अन्सारीलाई थप कारबाहीको लागी मलंगवा भन्सार कार्यालयमा शुक्रबार दिउँसाे नै बुझाई सकिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।