लागूऔषध गाँजा र १८६ बाेतल ´काेडीवेल` सहित चारजना पक्राउ

लागूऔषधकाे रुपमा प्रयाेग हुने काेडीवेलकाे बाेतल सहित पक्राउ परेका अभियुक्तहरु तथा उनीहरुकाे साथबाट बरामद् दुईवटा माेटरसाईकल। (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)
आफ्नै घरमा गाँजा लुकाएकाे आराेपमा पक्राउ परेका जयलाल महताे । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

मलंगवा – प्रहरी गस्ती टाेलीले सर्लाहीकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषधकाे रुपमा प्रयाेग हुने गाँजा र काेडीवेल कफसिरफ सहित चारजनालाई नियन्त्रणमा लिएकाे छ ।

विहिबार बिहान १० बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हजरियाकाे प्रहरी टोलीले बरहथवा नगरपालिका-२, हजरिया बजार निवासी ६० वर्षीय जयलाल महतोलाई १ किलाे ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हाे । महताे घर खानतलासी गर्दा घरकाे कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । महताेलाई ईलाका प्रहरी कार्यालय बरहथवाकाे हिरासतमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनायाे ।

त्यसैगरि विहिबार दिउँसाे १ बजेतिर सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बा.५४ प ७९९४ नम्बरकाे मोटरसाईकल राेकी चेकजाँच गर्दा माेटरसाईकल चालक मलंगवा नगरपालिका-१२ गम्हरिया निवासी ३२ वर्षीय राम बिनय रायको साथबाट लागूऔषधकाे रुपमा प्रयाेग हुने १०० एमएल दरका १८६ बोतल काेडीवेल कफसिरफकाे बाेतल बरामद् भएकाे प्रहरीले जनाएकाे छ । सँगै रहेकाे BR 30 C 5499 नम्बरको भारतीय माेटरसाईकलमा सवार मलंगवा नगरपालिका-११ गम्हरिया निवासी ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

ईलाका प्रहरी कार्यालय हरिपुर र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएकाे संयुक्त टोलिले पक्राउ गरेका अभियुक्तहरुलाई उक्त ईलाका प्रहरी कार्यालय हरिपुरले आफ्नाे हिरासतमा राखि अनुसन्धान अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।