सर्लाही फुटबल संघको अध्यक्षमा पुनः सुस्लिङ

लालबन्दी – सर्लाही जिल्ला फुटबल संघको अध्यक्षमा पुनः ठाकुर बहादुर सुस्लिङ चयन भएका छन् ।

शुक्रबार लालबन्दीमा सम्पन्न संघको छैठौं जिल्ला अधिवेशनले सुस्लिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सुस्लिङ मतदानमार्फत अध्यक्षमा चयन भएका हुन् ।

सुस्लिङले ६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गणेश बहादुर थापाले ४ मत मात्रै प्राप्त गरे । सर्लाही जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबका अध्यक्ष तथा प्रतिनिधिले मतदान गरेका हुन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा निलबिक्रम थापा, श्रीजल श्रेष्ठ, विभुसिंह थापा लगायत अन्य सदस्यहरु चयन भएका छन् ।