रामनगरमा एक हजार विद्यार्थीलाई स्कुल ब्याग

सिसौट – सर्लाहीको रामनगर गाउँपालिकास्थित सिसौटमा रहेको वागमती माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्मका छात्र-छात्राहरुलाई एक हजार थान स्कुल व्याग वितरण गरिएको छ ।

पुकु दिदी फाउण्डेशनको समन्वय तथा एनएमबि बैंकको सहयोगमा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । सो अवसरमा एनएमबि बैंक मधेस प्रदेशका क्षेत्रीय प्रमुख कमल पोखरेल, बरहथवा शाखाका प्रबन्धक विवेक झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

फाउन्डेशनकी अध्यक्ष शुभा पौडेलले एनएमबि बैंकको सामाजिक दायित्व अन्तर्गत सर्लाहीको पिछडिएको गाउँमा रहेको सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरिएको बताईन् । फाउण्डेशनबाट सो विद्यालयमा पुकु दिदी पुस्तकालय र कम्युटर ल्याव स्थापना तथा संचालनका साथै प्रत्येक वर्ष १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

फोटो क्याप्सन : स्कुल व्याग पाएका विद्यार्थी तथा सहयाेगी एनएमबी बैंक र पुकु दिदी फाउण्डेशनका पदाधिकारीहरु । (तस्बीर : उज्यालो अभियान)