गम्हरियामा ६५ जनाको निशुल्क दाँत परीक्षण

गम्हरिया – सर्लाहीको मलंगवा नगरपालिका–१२ मा बिहीबार भएको एक दिने निःशुल्क दन्त परीक्षण शिविरमा ६५ जनाले सेवा लिएका छन् ।

मिथिला डेन्टल क्लिनिक र श्री माई स्थान क्लबको सहयोगमा भएको दन्त परीक्षण शिविरमा सो संख्याका दाँत रोगीहरुले सेवा पाएका हुन् । शिविरमा २० जनाको दाँत फुकालिएको छ भने बाँकी ४५ जनाको दुखाई लगायत अन्य समस्याको उपचार गरी औषधि समेत निःशुल्क बाँडिएको आयोजकले जनाएका छन् ।

निःशुल्क शिविरबाट आर्थिक अवस्था कमजोर रहेकाहरुले लाभ लिएका छन् ।