अदालतबाट दाेषि ठहरिएका फरार आलम हरिवनबाट पक्राउ

हरिवन – ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलिले एक फरार दाेषिलाई पक्राउ गरेकाे छ ।

लागूऔषध मुद्दामा जिल्ला अदालत सर्लाहीबाट दाेषि ठहरिए पनि फरार रहेका हरिवन नगरपालिका-११ निवासी शेष ताहिरका छाेरा शेष नजरे आलमलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलिले हरिवन बजारबाट पक्राउ गरि जिल्ला अदालतकाे जिम्मा लगाएकाे हाे । आलमलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सर्लाहीले दुई छुट्टाछुट्टै मुद्दामा एक महिना कैद र दुईहजार जरिवाना तथा एक महिना २२ दिन कैद तथा पाँचहजार जरिवाना ताेकेकाे छ ।

फाेटाे क्याप्सन : हरिवन प्रहरीले पक्राउ गरेका फरार दाेषि शेष नजरे आलम । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)