´न्यू ईयर ईभ`मा सर्लाहीका विभिन्न ठाउँमा रात्री कन्सर्ट सूरु

लालबन्दी - नया वर्ष २०७९ काे पूर्व सन्ध्या अर्थात ´न्यू ईयर ईभ`का अवसरमा बुधबार साँझदेखि सर्लाहीका विभिन्न हाेटल एवं ठाउँहरुमा रात्रिकालिन कन्सर्ट भईरहेकाे छ ।

लालबन्दी स्थित विणा चलचित्र हलकाे अपाेजिट नयाँ युनाईटेड हाेटलमा आयाेजित कन्सर्टमा ´भाका व्याण्ड`का कलाकारले गायन प्रस्तुती दिईरहेका छन् । न्यू ईयर ईभका अवसरमा भाका व्याण्डकाे कन्सर्ट राखिएकाे हाेटलका संचालक रमेश श्रेष्ठले जानकारी दिए । हाेटलकाे सबैभन्दा माथिल्लाे तलामा रहेकाे सभाहलमा राती अबेरसम्म चल्ने कन्सर्ट हेर्न कुनै शुल्क राखिएकाे छैन । नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण ढंगले स्वागत गर्ने उद्देश्यले न्यू ईयर ईभ कन्सर्ट राखिएकाे संचालक श्रेष्ठले बताए ।

त्यस्तै पूरानाे युनाईटेड हाेटलमा पनि न्यू ईयर ईभकै अवसरमा आयाेजित कन्सर्टमा भने ´सियाेधागाे` व्याण्डका कलाकारले प्रस्तुती दिनेछन् । त्यहाँ भने कन्सर्ट हेर्न प्रति व्यक्ति ५०० रुपैंयाकाे टिकट लिनु पर्नेछ । यहाँ फेमिली (पारिवारिक) प्याकेजलाई बढी जाेड दिईएकाे बताईएकाे छ ।

त्यसैगरि बागमती स्थित मानव निर्मित ताल परिसरमा पनि न्यू ईयर ईभका अवसरमा कन्सर्ट राखिएकाे छ । त्यहाँ भने बुधबार रातीदेखि वैशाख ३ गतेसम्म निरन्तर विभिन्न कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्नेछन् ।

त्यस्तै नया वर्ष २०७९ का अवसरमा विहिबार दिउँसाे हरिवन बजारमा विभिन्न कलाकारहरुकाे प्रस्तुती सहितकाे कार्यक्रम राखिएकाे छ । राजधानी काठमाडाैं, पर्यटकीय राजधानी पाेखरा सहित मुलुकका प्रमुख शहर बजारमा मात्र न्यू ईयर ईभ एवं नया वर्षकाे अवसरमा कन्सर्ट तथा विवध साँस्कृतिक कार्यक्रमहरु आयाेजना हुने गरेपनि पछिल्लाे समय भने सर्लाही लगायत मधेशका जिल्लामा समेत मनाेरञ्जनात्मक कार्यक्रमहरु हुन थालेका छन् ।

फाेटाे क्याप्सन : हाेटल युनाईटेडमा प्रस्तुती दिँदै भाका व्याण्डका कलाकार । (तस्बिर : उज्यालाे अभियान)