भारतीय हाँस्य कलाकार राजपाल आज मलंगवा आउँदै

मलंगवा – भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव शनिबार सर्लाही सदरमुकाम मलंगवा आउँदैछन् ।

सदरमुकाम मलंगवामा हुने गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन यादव आउन लागेका हुन् । मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा हुन लागेको महाधिवेशनमा कलाकार यादवलाई प्रमुख अतिथि बनाएर ल्याउन लागिएको समितिका राष्ट्रिय अध्यक्ष कौशल यादवले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन सबैलाई अनुरोध गर्दै जिल्लामै पहिलोपटक भारतीय चलचित्र क्षेत्रका कलाकार आउन लागेको आयोजकले अनुरोध गरेको छ ।

अन स्क्रिनमा मात्र देख्न पाएका दर्शकहरुको कलाकार यादव मलंगवामा आउने भएपछि प्रत्यक्ष रूपमा हेर्न निकै भिडभाड हुने आयोजकको भनाई छ । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भनिएकाे छ ।