सर्लाहीमा पनि उल्लासका साथ मनाईयाे हाेली

हरिवन – नेपालीहरुले विशेष रूपमा मनाउने हाेली पर्व सर्लाहीमा पनि उल्लासपूर्वक मनाईएकाे छ । कतै कलाकार ल्याएर त कतै आ-आफुहरुकै समूहमा रंग अबिर दलेर जिल्लाबासीले हाेली मनाएका हुन् । पहाडी क्षेत्रमा मनाईने दिन विहिबार र तराई क्षेत्रमा मनाईने हिजाे शुक्रबार गरि दुवै दिन सर्लाहीका पहाडी एवं मधेशी समुदायले एकआपसी भाईचारा र सद्भाव सहित रमेर हाेली मनाए ।

शुक्रबार दिउँसाे हरिवन नगरपालिका-११ हरिवन बजारमा होलि विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ। उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा विभिन्न गायकहरुले गित तथा नृत्यांगानाहरुले नृत्य प्रस्तुत गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गायक तथा र्यापरहरु सुनामी, एलेक्स डि र कुशले गित संगित प्रस्तुत गरेका थिए भने टिएसएम डान्स ग्रुप, हरिवनका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । होलि पर्वलाई सव्य र भव्य बनाउनका लागि कार्यक्रमको आयोजना गरिएकाे उवासंघ हरिवनले जनाएको छ। कार्यक्रममा हरिवनकी उपप्रमुख रेणुका पौडेल, विभिन्न ६ राजनैतिक दलका नगर संयोजक, ११ वटै वडाका अध्यक्षहरु, ईलाका प्रशासन कार्यालयका प्रमुख, सशस्त्र प्रहरीका डिएसपीलगायतको उपस्थिती रहेको आयोजक संघका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, हरिवन युवा क्लब हरिवनले शुक्रबार हरिवन नगरपालिका-९, डुम्रिघारीमा मट्का फुटाउने प्रतिष्पर्धा, साँस्कृतिक कार्यक्रमहरु गरेकाे छ । माउन्टेन आईस बीयरकाे प्रायाेजन रहेकाे कार्यक्रममा नेपालका चर्चित फुटबल खेलाडी जुमनु राई, भाेला सिलवाल, सुमन सुवेदी लगायतले समेत रमेर हाेली खेलेकाे सिन्दालीले जानकारी दिए । त्यस्तै सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका विभिन्न स्थानमा मट्का फुटाउने प्रतिष्पर्धा, साँस्कउतिक कार्यक्रम सहित हाेली पर्व मनाएका छन् । त्यस्तै लालबन्दीस्थित साझा संस्थाको प्राङ्गणमा पनि हाेलीकाे अवसरमा विभिन्न कलाकारहरुसहित साँस्कतिक कार्यक्रम गरिएको थियो ।

फाेटाे क्याप्सन : शुक्रबार दिउँसाे उवासंघ हरिवनकाे कार्यक्रममा नाचगान सहित रमिरहेका सर्बसाधारणहरु । (तस्बिर : उज्यालाे अभियान)