अकोराब मधेश प्रदेशकाे साधारण सभा सर्लाहीमा सम्पन्न

नयाँरोड – सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) मधेश प्रदेश समितिको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सर्लाहीमा सम्पन्न भएको छ ।

अकोराबका मधेस प्रदेश अध्यक्ष मनोज यादवको अध्यक्षतामा रहेको कार्यक्रममा मधेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यता रहेको थियो । सीता प्यालेस होटल नयाँराेडमा भएको कार्यक्रममा मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, अकोराबका केन्द्रीय सदस्य कृष्ण कुमार एस्माली, मधेश प्रदेशमा रहेका विभिन्न सामुदायिक रेडियोका रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।

साधारण सभाले सामुदायिक रेडियोहरुमा रहेका औजार तथा उपकरणहरुको बीमा गर्नका लागि प्रदेश सरकारसँग पहल गर्ने, विद्युतीय महशुलमा अनुदान दिन माग गर्ने लगायतका निर्णय भएको अकोराबका सर्लाही जिल्ला संयोजक अच्यूतम सापकोटाले जानकारी दिए ।
फोटो क्याप्सन : सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) मधेश प्रदेश समितिको साधारण सभामा उपस्थित व्यक्तित्वहरु । (तस्बीर : उज्यालो अभियान)