जनपत्रकार संगठनले बुझायाे पत्रकार महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीलाई ज्ञापन

काठमाडाैं – नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघ सर्लाहीलाई ज्ञापनपत्र बुझाएकाे छ ।

जनपत्रकार संगठनका सर्लाही संयाेजक राजेश पाठकले नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्रीलाई शनिबार काठमाडाैंमा विभिन्न ६ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका हुन् । नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा चिनिने नेपाल पत्रकार महासंघलाई पनि साझा, मयादित, अनुशासित र जिम्मेवार संस्थाको रुपमा गतिशिल बननउन ज्ञापनपत्रमा माग गरिएकाे छ ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकमीको पुनर्स्थापना, गहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस, नेपाल सरकार द्वारा विमाड़ रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख बराबरको स्वास्थ्य विमा गर्न सम्बन्धित ठाउँमा पहल गरिहोस र त्यस्तो विमा गर्दा सहज र सजिलो प्रक्रियावाट हुने गरि सवै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वय गरियाेस, महासंघका सदस्यहरुको सुद्धिकरण गर्दै सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरियाेस्, ४ नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि गरियाेस, केन्द्र, प्रदेश र स्थानिय सरकारबाट प्राप्त हुने विज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्राणालीबाट सवै मिडियाहरुले पाउने वातावरण गरियाेस्, पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् लगायत माग रहेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रेस चाैतारी नेपालका मधेश प्रदेश संयाेजक फणिदेव महतकाे समेत उपस्थिती रहेकाे थियाे । ज्ञापनपत्र बुझ्दै महासंघ अध्यक्ष क्षेत्रीले पत्रकारहरुकाे हकहितका लागि राखिएका मागहरु प्रति आफू सकारात्मक रहेकाे र सुधारका लागि पहल गर्ने प्रतिवद्दता जनाए ।

फाेटाे क्याप्सन : महासंघ अध्यक्ष टंक बहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै संगठन संयाेजक राजेश पाठक तथा उपस्थित प्रेस चाैतारीका संयाेजक फणिदेव महत । (तस्बिर : उज्यालाे अभियान)