सर्लाहीमा पनि बलिदानी दिवस मनाइयो

बरहथवा – सर्लाहीमा पनि बुधबार बलिदानी दिवस मनाइएको छ ।

प्रदेश २ को सत्ता नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी नेपाल (जसपा) का कार्यकर्ताले सदरमुकाम मलंगवा, बरहथवा लगायतको स्थानमा बलिदानी दिवस मनाएका हुन् । सदरमुकाम मलंगवास्थित शहीद चौकमा जम्मा भएर त्यहाँ रहेको शहीदहरुको शालिकमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर बलिदानी दिवस मनाइएको जसपाका युवा नेता सोहन कुमार झाले जानकारी दिए ।

त्यसैगरी, बरहथवा बजारमा बरहथवा, बसबरिया लगायतका स्थानबाट पार्टीका नेता कार्यकर्ताहरु सहभागी भई ¥यालीसहित दीप प्रज्वलन गरेर बलिदानी दिवस मनाइएको जसपा नेपाल बसबरिया गाउँपालिका समितिका अध्यक्ष गजेन्द्र साहले बताए ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

यसै दिवसका अवसरमा बुधबार प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो ।