गोठमा आगलागी हुँदा डेढ लाखको क्षति

प्रतिकात्मक तस्बिर

रामनगर – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र रामनगर गाउँपालिका–७ स्थित संजिव शुकलाको गोठमा आगलागी हुँदा डेढ लाख रुपैंया बराबरको क्षति भएको छ ।

शुक्रबार साँझ ६ बजे भुई तले काठले बनेको खरले छाएको गोठमा अचानक आगलागि हुँदा गोठमा रहेको काठ र गोठ पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ । तत्कालै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सकृयतामा १ घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो । मानविय एवं चौपाया लगायतमा क्षति नभएको उल्लेख गर्दै प्रहरीले आगो लाग्नुको कारण भने नखुलेको बताएको छ । जाडो मौसममा घुर ताप्न र चौपायालाई लामखुट्टेबाट जोगाउन बालिने धुनीको आगोबाट अधिकांश ठाउँमा आगलागीका घटना हुने गरेको छ ।