नयाँरोड आश्रममा भजन सन्ध्या, पूर्ण बहादुरद्वारा आजिवन भोजन सेवा

कार्यक्रममा भजन प्रस्तुती गर्दै कलाकार । (तस्बिर : उज्यालो अभियान)
कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

नयाँरोड – सर्लाहीको नयाँरोड स्थित मानव सेवा आश्रममा बुधबार दिउँसो भोजनका लागि भजन सन्ध्या कार्यक्रम गरिएको छ ।

आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता एवं प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सांसद् बेची लुंगेलीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं, नेकपा माओवादी केन्द्रका अध्यक्ष कमल बुढाथोकी, नेकपा एकिकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, नेताहरु चूडामणि वाग्ले, भरतकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नयाँरोड निवासी पूर्णबहादुर महर्जनले आश्रममा आजिवन भोजनका लागि १ लाख ११ हजार १११ रुपैंया सहयोग गरेर मानव सेवा आश्रमको पहिलो सदस्यता लिएका छन् । त्यस्तै कार्यक्रममा उपस्थित अन्य अतिथिहरुबाट पनि ४५ हजार रुपैंया नगद संकलन भएको छ भने ६८ जना दाताहरुले १ वर्ष भरी भोजनको प्रतिबद्धता व्यक्त गरेको आश्रमका अभिभावक सुकदेव कार्कीले जानकारी दिए ।

प्रदेश दुईकै सबैभन्दा ठूलो आश्रममा सडक मानव सहित, अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक सन्तुलन गुमाएका हरुलाई आश्रय दिईएको सम्झना अधिकारीले जानकारी दिईन् । आश्रममा हाल ६० जना भन्दा बढी रहेका छन् ।