मलंगवा नगरपालिकाका मेयर निरसल साहलाई कोरोना संक्रमण

मेयर निरसल साह ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाका मेयर निरसल साहलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

केही दिनदेखि ज्वरो आएपछि मेयर साहले मंगलबार बिहान जिल्ला अस्पताल पुगेर स्वाब दिएका थिए । मंगलबार साँझ आएको रिपोर्टमा उनीमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य अवस्था सामान्य नै रहेकाले मेयर साह अहिले आफ्नै घरमा आइसोलेटेड भएर बसेका मेयर साहका सहयोगी गजेन्द्र साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमा कोरोना पुष्टी भएपछि प्रायः सँगै रहेका मेयर साह पनि कन्ट्याक्ट टे«सिङमा परेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले पनि मेयर साहसँगै स्वाब दिएका थिए तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमा कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट टे«सिङमा परेका सर्लाहीका सशस्त्र प्रहरीका उपरीक्षक भरत खनियाँसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायतको गरी हिजो ३४ जनाको सदरमुकाम मलंगवामा स्वाब संकलन गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईमा अस्ती सोमबार बेलुका कोरोना संक्रमण पुष्टी भएको थियो ।