हरिवनका एसएलसी ब्याजीले क्यान्सरपीडित खत्रीलाई गरे सहयोग

हरिवन – सर्लाहीको हरिवनमा रहेको महादेव जनता माध्यमिक विद्यालयको एसएसली ब्याज २०५६ का विद्यार्थीले एक जना क्यान्सर पीडितलाई सोमबार आर्थिक सहयोग गरेका छन् ।

क्यान्सर पीडित भई थला परेका हरिवन नगरपालिका–८, प्रसुतीगृह चाेक निवासी चक्रबहादुर खत्रीलाई महादेव जनता माविको एसएसली ब्याजी २०५६ का विद्यार्थीहरुले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । खत्रीको घरमै पुगेर सोमबार सो रकम हस्तान्तरण गरिएको साेही ब्याजका विनोद नेपालले जानकारी दिए । उक्त समुुुुहका २० जनाबाट संकलन गरिएकाे सहयाेग रकम टिम लिडर शशी घिमिरेले क्यान्सरपीडित खत्रीलाई हस्तान्तरण गरेका थिए ।

याे पनि पढ्नाेस्

सहयाेगका लागि क्यान्सरपीडित खत्रीकाे याचना : कांग्रेसी युवाले दिए नगद

केही दिनअघि क्यान्सरपीडित खत्रीकी पत्नी ईन्दिराले उज्यालो अभियानसँग कुराकानी गर्दै सहयाेगकाे याचना गरेकी थिईन् । पतिकाे उपचारका लागि मनकारी महानुभावले स्वयं आफूलाई भेटेर वा प्रभु बैंकमा ईन्दिरा खत्रीकाे नाममा रहेकाे खाता नं. ०७०००४४२७१३०००११ मा सहयाेग रकम जम्मा गरिदिन समेत ईन्दिराले अनुराेध गरेकी छिन् ।
फोटो क्याप्सन : क्यान्सर पीडित खत्रीलाई आर्थिक सहयोग गरिँदै । (तस्बीर : उज्यालो अभियान)