हरिवनकाे हाम्रो कृषि सहकारी सम्मानित

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–२, पटौनामा रहेको हाम्रो कृषि सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले सम्मान गरेको छ ।

सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकद्वारा आर्थिक वर्ष २०७७/०७८ को बचत तथा ऋण बाहेकको व्यवसाय गर्ने उत्कृष्ट प्रादेशिक सदस्य संस्थाबाट सो सहकारीलाई सम्मान गरिएको हो । बैंकको सोमबार जनकपुरमा सम्पन्न १८ औँ वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले संस्थाका अध्यक्ष तिलक खड्कालाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरेर संस्थालाई सम्मान गरेका हाम्रो कृषि सहकारी संस्था पटौनाले जनाएको छ । सम्मानले सहकारीकाे क्षेत्रमा अझ उर्जावान ढंगले काम गर्ने हाैसला मिलेकाे भन्दै अध्यक्ष तीलक खड्काले उज्यालाे अभियानसँग खुशी व्यक्त गरे ।
फोटो क्याप्सन : हाम्रो कृषि सहकारीलाई सम्मान प्रदान गर्दै मुख्यमन्त्री लालबाबु राउत । (तस्बीर : उज्यालो अभियान)