हरिवन प्रथम उपमेयर क्रिकेटको उपाधि गोडैतालाई

सन्जु कर्ण/हरिवन – सर्लाहीको हरिवनमा सम्पन्न प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको उपाधी गोडैता नगरपालीकाले चुमेको छ ।

सोमबार भएको प्रतियोगीताको फाईनल खेलमा बागमती नगरपालीकालाई ५ विकेटले हराउदै गोडैता नगरपालीकाले उपाधी चुमेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको बागमतीले १६ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको गोडैता नगरपालीकाले ६ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

प्रथम हुने टिम गाेडैताले नगद रु २१ हजार सहित उपाधी शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्याे । दोस्रो हुने बागमतीले भने नगद रु ११ हजार, शिल्ड, मेडल, प्रमाणपत्रमै चित्त बुझाउनु पर्याे ।

यसैबिच खेलको म्यान अफ दि म्याच गोडैताका भाग नारायण साह भए । उनले १४ रन खर्चेर बिपक्षिको ४ विकेट लिएका थिए भने म्यान अफ दि सिरीज हरिवनका एलेक्स बुढाथोकी भए उनले २ वटा हाफ सेन्चुरी बनाएका थिए ।

हरिवनमा पहिलो चोटी भएको प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको प्रमुख अतिथी हरिवन नगरपालीकाकी उप प्रमुख रेणुका पौडेल, अतिथी हरुमा हरिवन नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, बिदुर प्याकुरेल, केशव ढकाल, अनिल हमाल, प्रवेश पोखरेल, निशा बानिया ठकुरी, प्रभु नारायण शिवाकाटी, गिता राउत, अन्जना शिवाकोटी, युग बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसै कार्यक्रमका बिच केही समाजसेवी, संचारकर्मी लगायत लाई पनि सम्मान गएिको थियो । ८ टिम सहभागी प्रतियोगिता पौष १० गत्ते देखी सुरु भएको आयोजक समितीका अध्यक्ष राकेश चौधरीले जानकारी दिए ।