रिजालद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधि उठने घोषणा

लालबन्दी – लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी नगर विकास कोषका पूर्व अध्यक्ष ध्रुव रिजालले गृह जिल्लाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उठ्ने घोषणा गरेका छन् ।


रिजाल लालबन्दी नगरपालिका ५ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन् । महाधिवेशनको पहिलो खुड्किलो वडा अधिबेशनबाट लालबन्दीका ५ का कांग्रेस कार्यकर्ताले सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चुनेका हुन् ।


अध्ययनका क्रममा करिव ३ दशक अघि काठण्डौ पुगेका रिजालले आफ्नै गृह नगरलाई राजनीतिको आधार क्षेत्र बनाएका छन् । रिजाललाई आफ्नो वर्कतले भ्याएसम्म साथ सहयोग गरी लक्ष्य प्राप्तिमा मद्धत गर्ने कांग्रेस लालबन्दी ५ का नवनिर्वाचित वडा सभापति मिनप्रसाद ढुंगेल बताए ।


हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना, राष्ट्रिय नाचघर, बुटवल टेक्निकल ईष्टिच्युट, बस्ती बिकाश, गुठी संस्थान, गिरिजाप्रसाद कोईराला श्वासप्रश्वास केन्द्र, नगर विकाश कोष लगायत झण्डै एक दर्जन संघसंस्थामा अध्यक्ष तथा कार्यकारीको पदमा रहेर काम गरेका रिजालले पछिल्लो पटक नगर विकास कोषको अध्यक्ष रहदा लालबन्दी र सर्लाहीकै बिकासमा योगदान गरेका छन् । उनले त्रिचन्द्र क्याम्पस काठमाण्डौंका पूर्व कोषाध्यक्ष र दक्षिण भारत नेविसंघको कोषाध्यक्ष भएर समेत काम गरेका छन् । उनले बिहानी, रगत लगायत नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए ।


उनले नगर बिकाश कोषको अध्यक्ष रहँदा करोडौंको खानेपानी आयोजना सञ्चालनमा ल्याउन अतुलनीय योगदान गरि लालबन्दी नगर बासिको स्वच्छ खानेपानीको चाहना पुरा गर्न सहयोग पु¥याएको लालबन्दी –५, का क्षेत्रीय प्रतिनिधि यादव कुमार दाहालले बताए । नगर विकास कोषका पूर्व अध्यक्ष रिजालले लालबन्दी र हरिवनमा व्यापारिक कम्प्लेक्स बनाउन सहयोग गरेको दाहाल उल्लेख गरेका छन् ।
उनले आफू विभिन्न संघसंस्थाको कार्यकारी पदमा रहँदा नातागोता र आफन्त बनाउने भन्दा पनि त्यस संघसंस्थाको संस्थागत तथा प्रशासनिक सुधार गर्दै संस्थाको उद्देश्य अनुरूप काम गरेको र पछिल्लो पटक नगर विकास कोषको अध्यक्ष रहँदा विभेद रहित ढंगले काम गरेको बताउँदै सर्लाहीको बिकासमा पनि अर्बौं रकम पठाएको दाबी गरे ।


उनले आफू कसैको राजनीतिमा हस्तक्षेप गर्न नभई देशकै ठुलो र गौरवपूर्ण इतिहास बोकेको नेपाली कांग्रेसका लागि सबल र सक्षम नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी हुन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी बनेको बताउदै सर्लाही क्षेत्र नं १ का प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरेका छन् ।