सर्लाहीको बागमतीमा टाटासुमोको ठक्करबाट दुई युवकको मृत्यु

1246
सांकेतिक तस्बिर ।

बागमती – जिल्लाको बागमतीमा मंगलवार साँझ टाटासुमोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार बागमती नगरपालिका–१०, केराबारीमा कर्मैयाबाट बरहथवातर्फ गइरहेको बीआर ०५ पीए ७१९९ नम्वरको टाटासुमोले ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका–७, का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको हो ।

दुर्घटना लगत्तै देव मोक्तानलाई नमूना अस्पताल हरिवन ल्याइएको चिकित्सकले मृत घोषणा गरेका थिए भने मिलन ब्लोनलाई थप उपचारका लागि गण्डक हेल्थ केयर वीरगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।

दुर्घटनामा परेको टाटासुमो, त्यसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।