समृद्धि सहकारीको मूनाफा ४७ लाख, अध्यक्षमा पन्त चुनिए

288

हरिवन, मंसिर ८ – सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४७ लाख बढी मुनाफा आर्जन गरेको छ ।

हरिवन नगरपालिका वडा नं. ११ मा रहेको संस्थाको बुधबार सम्पन्न १४ आँै वार्षिक साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७७÷०७८ मा ४७ लाख ७० हजार २३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी गराइएको हो । संस्थाले १५ करोड ३९ लाख ३१ हजार ६८६ रुपैयाँ कूल कारोवार गरी सो रकम बराबरको मुनाफा आर्जन गरेको प्रवन्धक चिरञ्जीवी भट्टराईले जानकारी दिए ।

साधारण सभामा संस्थाले ज्येष्ठ नागरिक, बाल बचतकर्ता, असल ऋणी र उत्कृष्ट बचतकर्ता गरी २१ जनालाई सम्मान पत्र र खादा पहि¥याएर सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई समृद्धिको सहाराका लागि छडी भन्ने नारासहित एक÷एक थान छडी समेत प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष इन्द्र पाठकको अध्यक्षतामा सम्राट होटलको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं सर्लाही क्षेत्र नंं. ३ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय यादव, जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पौडेल, प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंह, राष्ट्रिय सहकारी बैङ्क हरिवन शाखाका प्रमुख नारायण लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, १४ आँै वार्षिक साधारण सभाको बन्द सत्रले अर्जुन पन्त अध्यक्ष रहनेगरी सर्वसम्मत रुपमा संस्थाको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिमा डाकुरनाथ खतिवडा उपाध्यक्ष, सुरेश कुमार भट्टराई सचिव, कृष्ण प्रसाद प्रसाई कोषाध्यक्षसहित अन्य सदस्यहरु रहेका छन् ।

यस्तै, बासुदेव निरौला संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको संस्थाले जनाएको छ ।