बयलवासमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

228

बयलवास – सर्लाहीको ईश्वरपुरमा मंगलवार लैगिंकताका आधारमा हुने हिंसा अन्त्य गरौँ भन्ने परियोजना अन्तर्गत अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले संचालन गरिरहेको उक्त परियोजना अन्तर्गत सरोकारवालाहरुलाई राखेर संवाद गरिएको हो । कार्यक्रमबारे यसरी पटक–पटक संवाद गरी सरोकारवालाहरुलाई जिम्मेवार बनाउने पहल हुँदै आइरहेको छ ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षकसहित अन्यले कार्यक्रमको अतिथिका रुपमा उपस्थित हुनुभएका जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरुलाई जिज्ञाशा तथा सल्लाह सुझाव राखेका छन् ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको अध्यक्षता तथा उपमेयर एकावती देवी चौधरीको प्रमुख आतिथ्यतामा नगरपालिकाकै सभा हलमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतो, महिला तथा बालबालिका शाखाकी प्रमुख गायत्री चौधरी, ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रतिनिधि प्रहरी सहायक निरीक्षक विपिनकुमार झा, नगरपालिकाको कार्यपालिका सदस्य रमादेवी अधिकारी लगायत सहभागी हुनुभएको ग्रामीण नारी उत्थान संघका कर्मचारी चन्द्रशेखर सहनीले जानकारी दिए ।