आज एकीकृत समाजवादीको सपथग्रहण

273
जिल्ला भेलामा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सोमवार नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला नेतृत्वको सपथ ग्रहण समारोह राखेको छ ।

सोमवार दिउँसो मलंगवास्थित जानकी पार्टी प्यालेसमा समथग्रहण समारोह र जिल्ला कमिटीको वैठक हुने पार्टीका नेता चूडामणि वाग्लेले जानकारी दिए । कार्यक्रममा पार्टीका प्रदेश इन्जार्ज धर्मनाथ प्रसाद साहले जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई सपथ गराउने कार्यक्रम छ ।

पार्टीले सुरेन्द्र लामा अध्यक्ष, देवेन्द्र राय उपाध्याक्ष र गोविन्द अधिकारी सचिव रहेको २ सय ७५ सदस्यीय जिल्ला कमिटी रहने यस अघि नै घोषणा गरिसकेको छ । सोमवार थप एक महिला उपाध्याक्ष र दुई सहसचिव समेत रहने गरि ६ सदस्यीय पदाधिकारी र अन्य सदस्य रहेको जिल्ला कमिटीको समथ हुने वाग्लेले वताए ।

नेकपा एमालेमा फुट आए पछि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । सर्लाहीको हरिवनमा गत भदौ २७ गते नै यो पार्टीको जिल्ला भेला भए पनि जिल्ला कमिटीको समथ भने भएको थिएन ।

सोमवार मलंगवामा सपथ ग्रहण भए पछि सर्लाहीमा पार्टीका काम अझ व्यवस्थित रुपमा अगाडी वढ्ने नेकपा एकीकृत समाजवादीका नेता वाग्लेको दावी छ ।