राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश २ बाट १३ जना खेलाडी छनौट

300

सुखेपोखरी – बाराको निजगढमा यही मंसिर १० र ११ गते हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश २ बाट आइतवार १३ जना खेलाडी छनौट गरिएको छ ।

सर्लाहीको हरिवनस्थित सुखेपोखरी कबडहलमा भएको प्रदेश २ स्तरीय छनौट प्रतियोगिताबाट ८ पुरुष र ५ महिला खेलाडी छनौट गरिएको हो । जसमा महिला ३३ केजी तौल समूहमा धनुषाकी अनुरागी साह, ४६ केजी तौल समूहमा बाराकी सम्झना पाख्रिन, ४९ केजी समूहमा सर्लाहीकी मनिषा वाईबा, ५३ केजी समूहमा सर्लाहीकी सुजिता मगर र ५७ केजी समूहमा पर्साकी पुष्पा मगर छानिएकी छिन् ।

त्यसैगरी पुरुषतर्फ २७ केजी समूहमा पर्साका गौतम कुमार प्रजापति, ४० केजी समूहमा पर्साकै समिर खड्का, ४५ केजी समूहमा बाराका शिशिर दाहाल, ५० केजी समूहमा पर्साका अहताब आलम, ५४ केजी तौल समूहमा रौतहटका रामकुमार श्रेष्ठ, ५८ केजी समूहमा धनुषाका अजय साह, ६३ केजी तौल समूहमा पर्साका प्रदिप तिवारी र ७० केजी तौल समूहमा पर्साकै रफिक यादव छनौट भएका नवलपुर तेक्वान्दो डोजाङका प्रमुख दीपक श्रेष्ठले जानकारी दिए ।