हरिपूर्वामा भएको झडपमा दुई विद्यार्थी घाईते

225

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयमा वुधवार विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाईते भएका छन् ।

विद्यालयबाट शैक्षिक भ्रमणमा जाने÷नजाने भन्ने विवादमा कक्षा १० का विद्यार्थीको दुई समूहबीच वुधवार बिहान ११ बजेतिर झडप भएको हो । झडपमा १८ वर्षका सुनिल कुमार राय र वर्ष १८ कै अर्जुन माझी घाईते भएका प्रहरीले जनाएको छ ।

विद्यार्थीबीच पुनः झडप हुन नदिन विद्यालय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शैक्षिक भ्रमणको विवादले मंगलवार र वुधवार विद्यालयमा पठनपाठन पनि हुन सकेन ।
विद्यालयका निमित्ति प्रधानाध्यापक गङ्गाराम रायले विद्यालयबाट बर्सेनि कक्षा १० का विद्यार्थी शैक्षिक भ्रमणमा लाने गरिएको बताए । यो वर्ष पनि यसबारेमा व्यवस्थापन समितिको बैठक राखेर निर्णय गर्ने तयारी हुँदाहुँदै विद्यार्थीहरुले आपसमा विवाद गरेर बेर्थैमा तनाव र्सिजना गरेका निमित्त प्रअ रायको भनाई छ ।

उनले शैक्षिक भ्रमणमा लाँदा विद्यार्थीहरुले मदिरा सेवन गरी उत्श्रृङ्खल गतिविधी गर्ने गरेकाले भ्रमणमा लान पनि समस्या नै रहेको बताउनु भएको छ ।