हरिवन सिनेमा सञ्चालनमा आयाे

1038

हरिवन – काेराेना भाईरस संक्रमणका कारण बन्द भएकाे हरिवन सिनेमा घर शुक्रबारबाट सञ्चालनमा आएकाे छ ।

अब नियमित रुपमा हल सञ्चालनमा ल्याईने नेपाल चलचित्र संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका युवा नेता समेत रहेका हरिवन सिनेमाका सञ्चालक निराेज कार्कीले जानकारी दिए । काेराेना भाईरस संक्रमणका कारण२०७६ चैत ५ गतेबाट बन्द भएकाे सिनेमा हल २०७७ साल अन्तिममा खाेलिएपनि दर्शक अभावले नियमित सञ्चालन हुन सकेन । २०७८ वैशाखबाट फेरि काेराेना भाईरस संक्रमण बढेपछि देशव्यापी लकडाउन भएसँगै हलहरु बन्द भएकाे थियाे ।

दिउँसाे १२-३ काे शाेमा नेपाली कथानक चलचित्र धुम-४ तथा ३-६ र साँझ ६-९ काे साेमा हिन्दी चलचित्र क्षेत्रका चर्चित नायक अक्षयकुमार अभिनित सूर्यवंशी प्रदर्शन गरिने हल सम्बद्द राजु कार्कीले जानकारी दिए । सर्लाही स्थित लालबन्दी, मलंगवा र बरहथवामा समेत चलचित्र हलहरु सञ्चालनमा आएका छन् ।