अत्रौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

172

अत्रौली – सर्लाहीको हरिवन नगरपालिका–२, मा रहेको अत्रौली स्वास्थ्य चौकीलाई बिहिवार आदिवासी जनजाती युवा महासंघ नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

महासंघका प्रदेश २ सचिव सन्जिव मोक्तानले आज हरिवन नगरपालिका–२ का वडाध्यक्ष अर्जुन महतो र स्वास्थ्य चौकीका प्रमुख मोहन बहादुर घिसिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य चौकीका लागि ३० प्याकेट सर्जिकल मास्कसँगै थर्मलगन, अक्सीमिटर, थर्मामिटर र पी.पी.ई. सेट ६/६ थान र साइनेक्स, भिटामिन सी, पारासिटामोल लगायतका औषधि समेत उपलब्ध गराइएको आदिवासी जनजाती युवा महासंघ नेपालले जनाएको छ ।

ग्रामीण स्वास्थ्य सेवालाई लक्षित गरी वितरण गरिएको सामग्रीले उक्त क्षेत्रका वाषिन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने आश गरिएको महासंघका प्रदेश २ सचिव मोक्तानले जानकारी दिए ।