सवस्टेशनमा खराबी आउँदा अवरुद्ध विद्युत् सूचारु

197
नवलपुरमा निर्माण भएको ग्रिड सवस्टेशन ।

नवलपुर – सर्लाहीको नवलपुर ग्रिड सवस्टेशनमा खराबी आउँदा मंगलवार बिहान झण्डै एक घण्टा अवरुद्ध विद्युत् सूचारु भएको छ ।

दुई÷तीन दिन अघिबाट संचालनमा आएको नवलपुर ग्रिड सवस्टेशनको ट्रान्सफर्मरमा अर्थिङबाट करेन्ट प्रवाह भएपछि बिहान सबेरै करिव एक घण्टा विद्युत् काटिएको थियो । सो प्राविधिक समस्यापछि नवलपुर ग्रिड सवस्टेशनबाट विद्युत् प्रवाह हुने बरहथवा वितरण केन्द्रबाहेक अन्त विद्युत् अवरुद्ध भएको थियो ।

समस्या समाधान गरी बत्ती नियमित गरिसकिएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ । सर्लाहीमै पहिलो ग्रिड सवस्टेशन बनेर संचालनमा आएसँगै अबदेखि अनियमित विद्युत् कटौति कम हुने अपेक्षा गरिएको छ ।