हरिवनको ११ वटै वडामा राप्रपाको कमिटी गठन

488

हरिवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहिवार सर्लाहीको हरिवनमा ११ वटै वडामा कमिटी गठन गरेको छ ।

ज्येष्ठ नागरिक लिलानाथ खनालको अध्यक्षतामा भएको भेलाबाट एकसाथै सबै वडाहरुमा कमिटी गठन गरिएको हो । उक्त भेलामा प्रदेश नं २ का राप्रपा अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र राय, जिल्ला अध्यक्ष सत्यनारायण यादव, जिल्ला संयोजक चुणा बहादुर थापा, केन्द्रीय सदस्य रामहरि थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भेलाबाट नगर कमिटीको अध्यक्ष लगायत वडाध्यक्ष र सदस्यहरु चयन गरिएको हो । जसअनुसार राप्रपा हरिवन नगर कमिटीको अध्यक्षमा मोतीलाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु चयन भएका छन् ।