सर्लाहीमा ‘मोहम्मद डे’ मनाइयो

515
हरिवनमा ‘मोहम्मद डे’ मनाउँदै मुस्लिम धर्मावलम्बी ।

मलंगवा – सर्लाहीका मुस्लिम धर्मावलम्बीले वुधवार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती मनाएका छन् ।

‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा जिल्लाको मलंगवा, बयलवास, हरिपुरलगायतका स्थानमा मुस्लिम समुदायले विशाल ¥याली निकालेका हुन् । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।

इस्लामी पात्रो अनुसार मंगलवार नै ‘मोहम्मद डे’ थियो । विदेशमा मंगलवार नैै मोहम्मद डे मनाइयो । तर विदेश र नेपालको समय फरक भएकाले आफूहरुले वुधवार मनाएको सर्लाहीका मुस्लिम धर्मावलम्बीहरुले बताएका छन् ।

मोहम्मद डेको अवसरमा सरकारले मंगलवार विदा समेत दिएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् ।

जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर भन्दछन् ।