सर्लाहीमा निरन्तरको झरी रोकियो, धान बालीमा व्यापक क्षति

356
वर्षाले डुबानमा परेको धान बाली ।

लालबन्दी – सर्लाहीमा दुई दिनदेखिको निरन्तरको झरी रोकिएको छ ।

आज दिउँसोबाट पानी पर्न रोकिएर मौसम उघ्रिएको हो । अविरल वर्षा रोकिँदा जनजीवन केही सहज बनेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले अविरल वर्षाले गर्दा धान लगायतका अन्नबालीमा क्षति पुगेपनि अन्य अप्रिय घटना नभएका जनाएको छ । वर्षाको पानीले पूर्व–पश्चिम हुलाकीसहित अन्य भित्री सडकहरु हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको सर्वसाधारणले गुनासो गरेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।

पानीको उचित निकास नरहेको सदरमुकाम मलंगवासहित जिल्लाका अधिकांश स्थान जलमग्न भएका छन् । पानीले पाकेर सुकाएर र काट्ने बेला भएको धान बालीमा व्यापक क्षति गरेको छ ।