सर्लाहीको बागमतीमा पोखरीमा डुबेर बेपत्ता बालिकको शव भेटियो

401
प्रतिकात्मक तस्बीर ।

बागमती – पोखरीमा डुबेर एक बालिका मृत भेटिएकी छिन् ।

घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएका बेला बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको आइतवार बिहान शव फेला परेको हो ।

शनिवार साँझदेखि पोखरीमा डुबेर बेपत्ता बालिकाको केहीबेर अघिमात्रै शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।