हरिवनमा नेकपा एमालेको नगर पार्टी कार्यालय उद्घाटन

481

हरिवन – सर्लाहीको हरिवनमा मंगलवार नेकपा एमालेको नगर पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

हरिवन नगरपालिका–११ मा पार्टी कार्यालय उद्घाटन गरिएको विद्यार्थी नेता रोशन दाहालले जानकारी दिए । एमालेको प्रदेश कमिटीका सदस्य एवं उखु किसानका नेता राजकुमार उप्रेतीको अध्यक्षता तथा पार्टीका प्रदेश २ सह–इन्चार्ज अच्यूत मैनालीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य तारा पोखरेल, हरिवनका मेयर गणेश प्रसाद प्रसाई, ईश्वरपुरका मेयर मनोज कुमार देवकोटा, पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेता विदुर कुमार प्याकुरेलले संचालन गरेका कार्यक्रममा प्रमुख चाडबाडको शुभकामना आदानप्रदान समेत गरिएको एमाले नेताहरुले बताएका छन् ।