नेपाल फोटो पत्रकार महासंघ सर्लाहीको वार्षिक साधारण सभा सम्पन्न

218

बागमती – सर्लाहीको बागमतीमा मंगलवार नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शाखाका जिल्ला अध्यक्ष श्रवण थापाको अध्यक्षतामा साधारण सभा गरिएको हो । सोही अवसरमा नजिकिँदै गरेका महान पर्वहरुको शुभकामना साटसाट समेत गरिएको छ ।

कार्यक्रममा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री लगायत अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाले गत वर्षदेखि जिल्लाका सक्रिय पत्रकारहरुको कोरोना बीमा गर्नेदेखि पत्रकारहरुका लागि अन्य हकहितका काम गर्दै आइरहेको छ ।