कांग्रेस नेता एवं पूर्व गाविस अध्यक्ष बुढाथोकीको निधन

271

परवानिपुर – ११ दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएका नेपाली कांग्रेसका नेता एवं सर्लाहीको साबिक परवानिपुर गाविसका पूर्व अध्यक्ष जतन कुमार बुढाथोकीको निधन भएको छ ।

बुढाथोकीको उपचारका क्रममा सोमबार साँझ चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो । बुढाथोकीको शवलाई आज (मंगलबार) सर्लाही ल्याएर बागमती नदीमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्य समिति सदस्य समेत रहेका बुढाथोकी असोज १५ गते साँझ रानिगन्जबाट लालबन्दी नगरपालिका–१६, स्थित परवानिपुर घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यसबेला दुईवटा मोटरसाइकल ठोक्किँदा बुढाथोकीसहित ४ जना घाईते भएका थिए । प्रहरीका अनुसार अन्य तीन जना घाईतेहरु उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । लालबन्दी प्रहरीले उक्त दुर्घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।